यु-१९: अफगानिस्तानविरूद्ध नेपाल विजयी

काठमाडाैं | मंसिर १८, २०८१

यु-१९: अफगानिस्तानविरूद्ध नेपाल विजयी

एसिसी यु-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

 

मंगलबार युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले अफगानिस्तानसँग एक विकेटको जित हात पारेको हो। 

 

अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो।

 

नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो।

 

एसिसी यु-१९ एसिया कपमा नेपालको यो पहिलो जित हो। 

 

नेपालका लागि नरेन साउँदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामीले २२ रन र अर्जुन कुमालले २१ रन बनाएका थिए।

 

अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गर्दा अरू ब्याटर सस्तैमा आउट भए। सन्तोष यादवको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

 

 

त्यसअघि नेपालले उत्कृष्ट सुरूआत गरेको थियो। नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो।

 

खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे।

 

 

अर्को ओभरमा अभिषेक तिवारीले अर्का अफगान ओपनर उजाइरुल्लाह निएजाइलाई पनि शून्यमै बोल्ड गरे। त्यसपछि पनि नेपाली बलरले उत्कृष्ट बलिङ गर्दा अफगानिस्तानको इनिङ्ग्स स्लो भएको थियो।

 

युनिस विक्रम सिंह ठकुरी र सन्तोष यादवले अफगानिस्तानका मध्यक्रमका ब्याटरलाई खुलेर खेल्न दिएनन्। दुवैले तीन तीन विकेट लिए। युनिसले १० ओभरमा तीन मेडन राख्दा २४ रन खर्चिए। सन्तोषले ४.४ ओभरमा २२ रन दिए।

 

कप्तान हेमन्त र अभिषेकले दुई दुई विकेट लिन सफल भए। हेमन्तले आठ ओभरमा एक मेडन राख्दा ३७ रन दिए। अभिषेकले ६ ओभरमा १७ रन खर्चिए।

 

समूह ‘बी’ मा रहेका दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्